बाबुराम भट्टराई र बामदेव गौतम हँसिया हथौडाबाटै चुनाव लड्ने, माओवादीले दियो स्वीकृती
काठमाडौं । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।
वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्न दिने स्वीकृति मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।
‘राष्ट्रिय एकता अभियानका संयोजक कामदेव गौतम र बाबुराम भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ महराले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘त्यसलाई हामी स्वागत गर्छौं । उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्यौं ।’
तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए । त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
प्रतिकृया दिनुहोस