यस्तो छ संसदलाई राष्ट्रपतिको १५ बुँदे सन्देश (पूर्णपाठसहित)

ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयास

Rastrapati sansad letter

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् । आफ्नो सन्देशमा उनले केपी ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयाससमेत गरेकी छन् ।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनसम्म राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन् । १५ दिन पुगेपछि आइतबार उनले १५ बुँदे सन्देशसहित विधेयक संसदमा फिर्ता पठाएकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो  । यसबीचमा विधेयकको पक्ष र विपक्षमा रहेका दुवै समूहले राष्ट्रपति भण्डारीसँग भेट गर्दै सुझाव दिएका थिए  । सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा प्रमाणित गरेर विधेयकलाई प्रमाणीकरण गर्न शीतलनिवास पठाएका थिए  ।

राष्ट्रपतिले विधेयक संसदमा फिर्ता पठाएपछि यसबारे दुईखाले तर्कहरु आइरहेका छन् । सत्ता पक्षले राष्ट्रपतिको कदमको आलोचना गरेको छ भने प्रतिपक्षी नेकपा एमालेले यसलाई स्वागत गरेको छ । जनमानसमा पनि यसबारे विपरीत धारणा आइरहेका छन् ।

राष्ट्रपतिको १५ बुँदे सन्देश जस्ताको त्यस्तै :

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...