आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान, मत बदर घटाउन मतदाता शिक्षामा जोड दिइने

Ayog press meet

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने भएको छ ।

निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् ।

थपलियाले गत स्थानीय तहको निर्वाचनमा काठमाडौ पोखरा जस्ता ठाँउमा पनि अत्यधिक मत बदर भएको बताएका छन् । आइतबार निर्वाचनको संचालन तथा व्यवस्थानका सम्बन्धमा सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षित मतदाता रहेका ठाँउमा पनि धेरै मत बदर भएको बताए ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रशारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।

उनले भने, 'काठमाडौंमा सचेतना नभएर मत बदर भएको हो वा विद्रोही गरेर मत बदर भएको हो ? हामी छक्क परेका छौं । काठमाडौ जस्तो ठाँउमा पोखरामा अत्यधिक मत बदर भएको छ । डिजिटल माध्यमबाट मतदाता शिक्षा पद्धतिलाई फेर्नुपर्ने हो कि भन्ने लागेको छ ।'

सामाजिक सञ्जालको प्रयोग गर्ने, विशिष्ट व्यक्तिहरूमार्फत मतदानमा सहभागी हुन आह्वान सहितको सामग्री प्रसारण गर्ने उनको भनाइ छ । मतदाता सूचना कक्ष र कल सेन्टर मार्फत सूचना प्रवाह गर्ने प्रमुख आयुक्त थपलियाले बताए । उनले राष्ट्रिय भाषामा मतदाता शिक्षा सामग्री उत्पादन र वितरण गर्ने जनाएका छन् ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...