कविता : मनको सागर
ब्यर्थमा चर्किरहेको
समयसँगै घर्किरहेको
कता कता भट्किरहेको
मनको कसौंटीमा छड्किरहेको
अगेनामा सल्केको
इच्छा आकांक्षा तन् मन सबै खरानी भइसकेको
विचारको साम्राज्यमा निरिह
यो जिन्दगी
मात्र तिम्रो मायाले बाँचेकी छु ।
आऊ
सूर्य अस्ताइसकेछ
अन्धकारले ढाकेको छ
खुला आकाश मनमोहक बन्दै छ
ताराको प्रादुर्भाव भइसकेको छ
तिम्रा हातहरु मेरा अङ्गालोमा
भारी विसाउ
अंगाली मेरा भोका नजरमा
तिम्रा नजर कैद गर्नु
आतुर हुनुपर्छ तिमी ।
तिमी कहाँ छौ खोज्दै रुँदै ?
भड्किरहेको मेरो इच्छा आकांक्षा
तिमी भित्रका आवेगका
रापिला रापहरु
अनन्तसम्म निरन्तर खोजिरहेको छु ।
सन्ध्यामा
आकाश भरी चम्केको तारा
रहस्यमय लोचन सागरमा डुबुल्की मार्दै
तिम्रा स्वर्णिम प्रकास पूंज गहिराईमा कम्पमान हुदै ,
एक अजिब रहस्यमय
आत्मिक स्तम्भ खडा भई चम्किरहने प्रयासमा
तिम्रै यादमा नयन विछ्याई रहेछु ।
केवल म जिन्दगीको इतिहास लेख्न
पलहरु सँग सझौता गर्दै,
मुटुभरी माया र हृदय भरेर
सर्वस्व त्यागी
विछ्याई रहेछु नयन
प्रतिक्षामा
अनन्त गहिराईमा प्रेमसँगै डुबाउन चाहन्छु ।
मात्र तातो सास फेर नआत्तिकन
धड्कनले सँगै गीत गाओस्
वास्तविक आकाशमा
विपना सजाओस्
मनको सागरमा पौडिरहोस् ।
प्रतिकृया दिनुहोस