सिट बाँडफाँडको प्रस्ताव तयार पार्न गठित ५ दलीय कार्यदलको दोस्रो बैठक आज

Karyadal baithak

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेलका लागि सिट बाँडफाँडको प्रस्ताव तयार पार्न गठित पाँचदलीय कार्यदलको आज दोस्रो बैठक बस्दै छ । बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

कार्यदल सदस्यहरूका अनुसार बैठकमा सिट बाँडफाँड मापदण्डबारे छलफल र दलहरूको सिटको दाबी प्रवेश गर्ने सम्भावना छ  । ११ सदस्यीय कार्यदलको सोमबार बसेको पहिलो बैठकबाट कांग्रेस नेता कृष्ण सिटौला संयोजक चुनिएका छन् ।

गत २० साउनमा बसेको सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा कांग्रेसबाट सिटौलासहित गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट भुसाल र हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

आधार र मापदण्ड तय भएपछि सिट बाँडफाँडको टुंगो लाग्ने कार्यदलका केही सदस्यको भनाइ छ । बिहीबारको बैठकमा गठबन्धनमा रहेका दलहरूले मुख्य रूपमा विगतका निर्वाचनलाई मुख्य आधारका रूपमा प्रस्ताव लैजान थालेका छन् । कार्यदलको पहिलो बैठकपछि दलहरूले आ–आफ्ना दलमा छलफल गरी दोस्रो बैठकमा तालमेलका आधार प्रस्तुत गर्न लागेका हुन् ।

गठबन्धनको दोस्रो ठूलो दल माओवादीले ०७४ को निर्वाचन र स्थानीय तह निर्वाचन, २०७९ को परिणामलाई आधार मानेर सिट बाँडफाँडको मापदण्ड बनाउनुपर्ने प्रस्ताव लिएर जाँदै छ । माओवादीका तर्फबाट कार्यदल सदस्य देव गुरुङले स्थानीय तह निर्वाचनको तालमेलको आधार नै आगामी निर्वाचनको आधारका रूपमा प्रस्तुत हुने बताए  ।

एकीकृत समाजवादीले भने सिटमा दाबीसहितको प्रस्ताव लिएर जाने गृहकार्य गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४० सिटमा दाबी गर्ने र २५ सिट बटमलाइन बनाउने एकीकृत समाजवादीको रणनीति छ । एकीकृत समाजवादीले प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव पेस गर्न लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...