चीनसँग रसुवागढी-केरुङ रेलमार्गसहित पूर्वाधार विकासमा महत्त्वपूर्ण सहमति

साढे १५ अर्ब रूपैयाँ सहयोग गर्ने चीनको घोषणा

Narayan khadka wang e

काठमाडौंं । नेपाल र चीनबीच रसुवागढी(केरुङ सीमापार रेलमार्ग विस्तार, सीमानाका खोल्ने सहमति लगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका समकक्षी वाङ यी बीच बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको हो ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले केरुङ—काठमाडौ रेलको पूर्व सम्भाव्यता अध्ययन अनुदानमा सम्पन्न गर्ने घोषणा गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भेटवार्तामा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन् ।

यसअघि वाङको नेपाल भ्रमणका क्रममा नेपाल(चीन सीमापार विद्युतीय प्रशारण लाइनको पूर्व सम्भाव्यता अध्ययनको अवधि दुई वर्ष थप्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्व सम्भाव्यता अध्ययन अघि बढाउन गृहकार्य भइरहेको छ । तर यसको प्रारुपबारे दुई पक्षबीच सहमति हुन बाँकी छ ।

वार्तामा चिनियाँ विदेशमन्त्री वाङले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ अनुदान सहायता घोषणा गरेका छन् । परराष्ट्र अधिकारीहरुका अनुसार अब अर्थ मन्त्रालयले उक्त अनुदान सहायता कार्यान्वयनका लागि चिनियाँ पक्षसँग संवाद गर्नेछ ।

भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले देशका विभिन्न भागमा विपद् र प्राकृतिक प्रकोपबाट पीडित जनताका लागि सहयोगका लागि आग्रह गरेका थिए । नेपालको अनुरोधबमोजिम चीनले नेपाललाई ५ करोडभन्दा बढी रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा विदेशमन्त्री वाङले गरेका छन् ।

त्यसैगरी चीनले नेपाललाई ३ करोड ७८ लाखभन्दा बढी रुपैयाँ बराबरको बेग्लै चिकित्सकीय सामग्री उपलब्ध गराउने भएको छ । चिनियाँ विदेशमन्त्री वाङले नेपालले चाहेजति कोरोनाविरुद्धको खोप नेपाललाई दिन तयार रहेको भेटवार्तामा बताएका थिए ।

द्विपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले नेपालमा रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको प्रस्ताव गरेका थिए । चिनियाँ पक्षले उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालको कृषि क्षेत्रमा सघाउने वाचा गरे ।

नेपालको उत्पादन क्षमता बढाउन चिनियाँ लगानीलाई प्रोत्साहन गर्ने उनले बताए । नेपाली चिया र परम्परागत जडीबुटीको निर्यात बढाउन सहयोग गर्ने आश्वासन पनि चिनियाँ विदेशमन्त्रीले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच रसुवा—केरुङ् र तातोपानी—झाङमु सीमानाका व्यापारका लागि दुईतर्फी खोल्ने सहमति पनि भएको छ । त्यसैगरी हिल्स(पुराङ नाका चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना संक्रमण नियन्त्रणमा आउनासाथ एकतर्फी खोल्न दुवै पक्ष राजी भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनका परराष्ट्रमन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन् ।

चिनियाँ विदेशमन्त्रीले निजामती अस्पतालमा क्यान्सर बिरामीको उपचारका लागि एक प्रयोगशाला स्थापनामा सघाउने तथा त्यसका लागि चिकित्सकलाई तालिम दिने वचन पनि दिएका छन् ।

त्यसक्रममा मन्त्री खड्काले नेपालका स्वाथ्य संरचना र पूर्वाधारको सुदृढीकरण र क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरणमा सहयोग दिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा कोरोना महामारीपछि घर फर्केपछि चीन जान नपाएका बाँकी नेपाली विद्यार्थीलाई चाँडै फर्काउने चिनियाँ विदेशमन्त्रीले प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच सीमा समस्याबारे पनि छलफल भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार साविकको नेपाल—चीन सीमा निरीक्षण समितिलाई क्रियाशील गराउन आवश्यक तयारी गर्न द्वीपक्षीय समिति बनाउने सहमति बैठकमा भएको छ ।

बैठकमा मन्त्री खड्का र वाङबीच क्षेत्रीय र बहुपक्षीय मञ्चमा पारस्परिक हितका सवालमा भइरहेका सहकार्यबारे छलफल भएको थियो । आगामी दिनमा पनि उक्त सहकार्य जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्का र वाङबीच प्रतिनिधिमण्डलस्तरमा दुई घण्टा द्विपक्षीय बैठक भएको थियो । बैठकपछि वाङललो मन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रीभोज दिएका थिए ।

चीन गएको नेपाली टोली भोलि सान्दोङका केही रमणीयस्थल अवलोकन भ्रमणमा जाने कार्यक्रम छ। त्यसपछि टोली भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...