यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक

Madan chanaut

काठमाडौं । यसवर्षको मदन पुरस्कारका लागि ८ पुस्तक छनौटमा परेका छन् । मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

यी हुन छनौटमा परेका ८ पुस्तकहरूः

‘अग्नि’–डा. नवराज लम्साल

‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’

‘महाभारा’–बसन्त बस्नेत

‘यादको सन्दुक’–दिपा मेवाहाङ राई

‘लिच्छवि लिपि’–डा. नयनाथ पौडेल

‘व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश’–प्रा. नीलमणि ढुङ्गाना

‘सतीः इतिहास र मीमांसा’–सुजित मैनाली

‘हिति प्रणाली’–पद्मसुन्दर जोशी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...