अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ

Surya rai madan rai

खोटाङ । वैकल्पिक शिक्षाका अभियान्ता सूर्यबहादुर राई र कृषिविज्ञ मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयमै दुवै जनाले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि सूर्यबहादुर जसपाका केन्द्रीय सदस्य थिए तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईको नयाँ पार्टी नेपाल समाजवादीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडे पनि समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने उनले बताएका छन् ।

सूर्यबहादुरले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढङ्गले अगाडि बढेन ।

यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो । वैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मूल मुद्दाहरु समावेशी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छैन ।’

उनले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले पनि शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् ।

यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...