झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

Deekshya puna cheque bounce

पोखरा । खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो ।

पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका -१ स्थायी घर भइ पोखरा महानगरपालिका -२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका -८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको थियो । प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...