जनमोर्चाले जतिसुकै गम्भीर प्रकारका मतभेद भए पनि ५ दलीय गठबन्धन नतोड्ने

Chitra bahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँच दलभित्र जतिसुकै गम्भीर प्रकारका मतभेदहरू भए पनि पाँच दलीय चुनावी तालमेललाई सफल बनाउने घोषणा गरेको छ ।

जनमोर्चाले चुनावी तालमेलको बेलामा कतिपय प्रश्नमा उनीहरूमा इमान्दारिता कमी देखिएको भए पनि अहिले देशमा देखापरेको गम्भीर प्रकारको प्रतिगमनको खतरा र त्यसलाई निर्णयार्थ रूपले पराजित गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिँदै पाँचदलीय चुनावी तालमेललाई सफल पार्ने प्रतिवद्धता जनाउको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ती जारी गर्दै सरकारले आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावहरू गर्ने भनि गरेको घोषणालाई स्वागत गर्दै मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित र मितव्ययी बनाउन सकेमा मात्र त्यसको परिणाम पनि सन्तोषजनक हुने बताएका छन् ।

जनमोर्चाले विगतमा भएका कतिपय चुनावहरू र गत चुनावमा पनि पैसाको व्यापक दुरूपयोग, मतदाताहरूको खरिद बिक्री तथा धाँधलीपूर्ण हुने जस्ता घटना भएमा वा विगतका चुनावका गल्ती र कमजोरीहरू पुनः दोहोरिएमा चुनावको परिणाम सन्तोषजनक नरहने कुरा स्पष्टयाएको छ । जनमोर्चाले त्यसो हुन नदिनका लागि विगतका कमजोरी र अनियमिततालाई रोक्न निर्वाचन आयोग र सरकारले समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

यस्तो जनमोर्चाको विज्ञप्ती
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावहरू गर्ने भनि गरेको घोषणालाई हामो पार्टी राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । चुनावलाई निष्पक्ष, धाँधलीरहित र मितव्ययी बनाउन सकेमा मात्र त्यसको परिणाम सन्तोषजनक हुने छ । विगतमा भएका कतिपय चुनावहरू र गत चुनावमा पनि पैसाको व्यापक दुरूपयोग, मतदाताहरूको खरिद बिक्री तथा धाँधलीपूर्ण हुने जस्ता घटना भएमा वा विगतका चुनावका गल्ती र कमजोरीहरू पुनः दोहोरिएमा चुनावको परिणाम सन्तोषजनक नरहने कुरा स्पष्ट छ । यदि त्यसो भयो भने त्यसले देशको राजनीतिमा गम्भीर र नकारात्मक प्रभाव पार्ने छ । त्यसो हुन नदिनका लागि विगतका कमजोरी र अनियमिततालाई रोक्न निर्वाचन आयोग र सरकारले समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा हामीले जोड दिन्छौँ ।

देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा रहेकोले त्यसका विरुद्ध संघर्षमा रहेका शक्तिहरू बिच आगामी चुनावमा समेत तालमेल गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ । देशमा प्रतिगामी राजनीतिलाई स्थापित गर्नका लागि राजावादीहरूले लामो स मयदेखि अभियान चलाउँदै आएका छन् । तर उनीहरू एक्लैको बलले त्यसप्रकारको उद्देश्य पूरा नहुने भएकोले उनीहरूले देशलाई प्रतिगमनको दिशातिर लैजाने अन्य शक्तिहरूको समेत आड लिने प्रयत्न गर्दै आएका छन् । ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन् ।

राजावादीहरूको राजतन्त्र र हिन्दूराज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दूवादी शासकहरूले पनि समर्थन जनाउँदै आएका छन् । त्यो सन्दर्भमा एमालेले धर्मका साथै राष्ट्रियतालाई पनि मुद्दा बनाएर आगामी चुनाव लड्ने नीति लएको भन्ने कुरा सार्वजनिक भएको छ । यसबाट ओलीले प्रतिगमनको दिशा लिएको हाम्रो विश्लेषण सही भएको पुष्टि हुन गएको छ । त्यसरी धर्म निरपेक्षताको ठाउँमा हिन्दूराज्य र गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने राजावादीहरूको उद्देश्यलाई ओलीको प्रतिगामी राजनीतिले मद्दत गरेकोले नै राजावादीहरूले ओलीलाई समर्थनगरेको कुरामा कुनै शंका रहन्न । आगामी चुनावमा प्रतिगामी पक्षहरूको विजय भएमा उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजानको साथै जनताका आन्दोलनका उपलब्धिहरू समाप्त भएर जाने कुरा निश्चित छ ।

एमालेको राष्ट्रियताको मुद्दा कृतिम भएको कुरा स्पष्ट छ । एमसीसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकोले नै ती दुवै कुरा संसदबाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो । लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेलगरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै संघर्ष र आन्दोलन हुँदै आएका थिए । जनताको दवाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि उक्त चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृतिम भएको कुरा प्रष्ट छ ।

विगतमा ओलीले संसदका विरुद्ध अपनाएका नीतिहरू, संविधानको उल्लंघन, सर्वोच्चको फैसलाको उल्लंघन र संसद पुनस्र्थापना भइसकेपछि पनि संसदमा गरेको अवरोध तथा राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध चलाउँदै आएको अभियानलाई विचार गर्दा देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरामा शंका छैन । त्यो स्थितिमा त्यसलाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । उक्त राष्ट्रिय आवश्यकतालाई पूरा गर्न पाँच दलका बिचमा प्रतिगमन विरोधी एकतालाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आगामी चुनावलाई त्यही आन्दोलनको एउटा रूपमा लिएर पाँच दल बिच चुनावी तालमेल हुनपर्छ भन्ने हामो मत रहेको छ ।

हामीले अहिले चुनावी तालमेल गरेका पक्षहरूसित हाम्रा गम्भीर मतभेद रहेको कुरा स्पष्ट गर्दै आएका छौँ । संघीयता, एमसीसी, नागरिकता विधेयकमा हाम्रा बिचमा तिब्र मतभेद छन् । तर पनि प्रतिगमनको विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ । हाम्रो त्यो नीति विरोधीहरूसित विरोधका बिचबाट गरिने सहकार्य हामीले अपनाउँदै आएको कार्यनीति हो । जुन सही र वस्तुनिष्ठ रहेको छ ।

हामीले मुख्यगरी पाँच दलीय चुनावी तालमेल हुनुपर्छ भन्नेमा नै जोड दिन्छौँ । राजावादी र एमालेसित हाम्रो कुनै पनि चुनावी तालमेल हुने छैन । चुनावी तालमेलमा पाँच दल बिच विगतमा देखिएका कतिपय असमझदारी, इमान्दारिताको अभाव, स्वीकृत नीति विपरीतका कार्य भएमा वा त्यसप्रकारको अवस्था आएमा हामीले एक्लै पनि चुनाव लड्ने छौँ । हामीले त्यसप्रकारले आफ्नो तयारीलाई पनि अगाडि बढाएका छौँ । चुनावमा जीत र हारको प्रश्नलाई भन्दा नीति र राजनीतिलाई नै हामीले महत्व दिने गर्दछौँ । आगामी चुनावमा पनि त्यही प्रकारले हामी अगाडि बढ्ने छौँ । राष्ट्रिय जनमोर्चाले इमान्दारितापूर्वक देश र जनताको पक्षमा भूमिका खेल्दै आएको गौरवपूर्ण इतिहास छ । त्यसैले त्यसलाई जनताको समर्थन र विश्वास प्राप्त हुने छ भन्ने हामीले विश्वास गरेका छौँ ।

अन्तमा, पाँच दलभित्रका अन्य पक्षहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू भए पनि वा चुनावी तालमेलको बेलामा कतिपय प्रश्नमा उनीहरूमा इमान्दारिताो कमी देखिएको भए पनि अहिले देशमा देखापरेको गम्भीर प्रकारको प्रतिगमनको खतरा र त्यसलाई निर्णयार्थ रूपले पराजित गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिंदै पाँचदलीय चुनावी तालमेललाई सफल पार्नका लागि हामीले पूरा प्रयत्न गर्नेछौँ ।

धन्यवाद !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...