स्व. गायीका दिलमाया सुनारको अन्तिम गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक (भिडियोसहित)

Aafnaile rojeko ghar song

काठमाडौं । अन्तरजातीय विवाह झन् त्यसमाथी मध्यमवर्गीय परिवार र निम्न वर्गीय परिवार बीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन, त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार सुन्नु परिरहेको छ ।

यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायीका दिलमाया सुनारको पनि । विवाहपछि माइती र घरको हेला भोगेकी दिलमायाले अन्ततः गत असार ११ गते मृत्युको मुखमा पुगिन् । यतिबेला उनै गायीका दिलमाया सुनारको समेत स्वर रहेको मर्मश्पर्शी तीज गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी एवं गीतकार सबिता पोखरेलले लेखेको गीतलाई चर्चित एवं लोकप्रिय गायक गायीकाहरु टिका पुन, राधिका हमाल, अर्जुन सुनाम, राजु परियार, स्व. गायिका दिलमाया सुनार, झलक संगीतम् र दिपक सुनारले स्वर दिएका छन् । दिलमाया सुनारको सम्भवतः यो नै अन्तिम गीत हो । गीतमा संगीत र संगीत संयोजन झलक संगीतमको छ ।

गीतको भिडियोमा चर्चित कलाकारहरु नन्दा बस्याल, शितल केसी, बिशाल पहाडी, स्वस्तीका लामिछाने, सुमन बैरागी, मीना लामा र मकर बहादुर बानियाँ, लक्ष्मी भण्डारी र गीतकार सबिता पोखरेल समेतको अभिनय रहेको छ । कलाकार शितल केसी र विशाल पहाडीले पहिलोपटक तीज गीतमा अभिनय गरेका हुन् ।

झलक संगीतम्ले निर्देशन रहेकोे भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश परियारले सम्पादनमा तयार भएको भिडियोलाई ‘आलाप स्टुडियो’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको कथावस्तु मध्यम परिवारकी छोरी खान्दानी र कथित उपल्लो जातको परिवारमा विहे भएपछि पाएको दुःख र पारिवारिक द्धन्द्धपछि एउटी नारीको संवेदना, भावना कस्तो बन्ला भिडियोमा छर्लङ्ग पारिएको छ । गीतलाई मौलिक, मर्मश्पर्शी भनेर राम्रो प्रतिक्रियाहरु आएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...