सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता
धरान । सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ ।
पूर्वी पहाडी जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा बहाव अत्याधिक बढेको छ । शनिबार दिउँसो १ बजे गरिएको मापनअनुसार सप्तकोसी नदीमा अहिले २ लाख ५ हजार क्युसेक पानी प्रतिसकेण्ड कोसी ब्यारेजबाट बगेको छ ।
पानीको बहाव राती सम्म बढेर जाने अनुमान गएिको छ । बिहानैबाट सप्तकोसी नदीमा पानीको बाहाव अस्वाभाविक रुपमा बढेको र रातीसम्म थप बढेर जाने सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए ।
उनले सप्तकोसी नदीमा पानीको बाहब ५ लाख क्यसेक सम्म पुग्ने अनुमान गरिएको छ । सप्तकोसी नदीमा अस्वभाविक रुपमा पानीको बहाव हुँदा तटिय क्षेत्रका वासिन्दालाई सुरक्षीत रहन आग्रह गरेका छन् ।
शनिबार बिहानबाट सप्तकोसी नदीमा पानीको बहाव बढ्दा सप्तकोसीले धार परिवर्तन गर्दा प्रभावित भएकाहरु थप जोखिममा परेका छन् । बिहीबारबाटै घाम लागेका कारण सप्तकोसी नदीमा पानीको मात्रा घट्दै गएको थियो ।
पानीको बहाव घटेपछि श्रीलंका टप्पु बाट विस्थापित भएकाहरु पनि घर फर्कन थालेका थिए । पुन पानीको बहाव बढेपछि जोखिम भएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।
प्रतिकृया दिनुहोस