पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पूर्वघोषित आन्दोलन फिर्ता
काठमाडौं । आन्दोलनको घोषणा गरेको केही घण्टा नपुग्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ ।
महासंघले आइतबार साउन १६ गतेदेखि हवाई इन्धन ढुवानी नगर्ने र २० गतेदेखि देशभर पेट्रोलिय पदार्थ ढुवानी नगर्ने भनी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनको घोषणा गरेसँगै नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता गर्न अनुरोध गरेको थियो ।
नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति अध्यक्ष विदेशबाट आउने बित्तिकै महासंघको माग सम्बोधन गर्ने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेको थियो । सोही अनुसार महासंघले आन्दोलन फिर्ता गरेको हो ।
प्रतिकृया दिनुहोस