खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसहित पूर्वी नेपालमा भुकम्पको धक्का
काठमाडौं । आइतबार काठमाडौं सहित पूर्वी नेपालमा भूकम्प गएको छ ।
बिहान सवा ८ बजे भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा धक्का महसुस भएको छ ।
खोटाङ खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका कर्मचारी लोकविजय अधिकारीले जानकारी दिए ।
२०७२ पछि अहिले दोस्रोपटक ठूलो भूकम्प गएको हो । यसअघि २०७७ भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो । २०७२ सालमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।
प्रतिकृया दिनुहोस