अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ काठमाडौं आइपुग्ने

Donald lu

काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ नेपाल आउँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन् । आज साँझ काठमाडौं आइपुग्ने लुले भोलि शुक्रबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई साता अघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमण गरेर यहाँका सत्तारुढ कांग्रेस, माओवादी र प्रतिपक्षि एमालेको प्रमुख नेतासँग भेटेर फर्किएका थिए। उनले अमेरिकी सैन्य कार्यक्रम एसपीपी रोकेकोमा नेपालका सबै दललाई बधाई दिएका थिए । एसपीपी अघि नबढाउने नेपालको निर्णयको तिन दिनपछि चिनियाँ विदेश मन्त्रालयले स्वागत गरेको थियो ।

देउवा जुलाई मध्यदेखि अन्तिम साता वासिङ्टन जानेगरी गृहकार्य भएपनि सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेसँगै भ्रमण तत्कालका लागि स्थगित भएको थियो । एसपीपीमा अघि नबढ्ने नेपालको निर्णयप्रति अमेरिका असन्तुष्ट बनेको बताइएको छ ।

अमेरिकी सेनाको सैन्य कार्यक्रम एसपीपीमा अघि नबढ्ने पाँच साताअघिको सरकारको निर्णयपछि नेपाल आउने लु पहिलो अमेरिकी अधिकारी हुनेछन् । उनको भ्रमणमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल हुनसक्ने अधिकारीहरुको भनाई छ ।

नेपाली सेनाको प्रत्यक्ष संलग्नता रहने अमेरिकी सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपनि सरकारले अमेरिकासँगको सैन्य साझेदारीलाई कायमै राख्ने सरकारी अधिकारीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...