तिलोत्तमाको कल सेन्टरमा प्रहरीको छापा, सञ्चालकसहित १५० जना युवायुवती पक्राउ

Cal center butwal

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत काममा आएका हुन् ।

तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मारी प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।

४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिइ ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा परको भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...