आज यी स्थानहरुमा भारी वर्षा हुने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशको केही पहाडी भू(भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू(भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशको पहाडी भू९भागका केही स्थानहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो । ‘सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ’, उनले भनिन् ।
उनका अनुसार आगामी ३ दिन अर्थात् आइतबारसम्म ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : देशको पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
प्रतिकृया दिनुहोस