सिन्धुपाल्चोकमा पहिरोले सडक अवरुद्ध, तटीय क्षेत्रमा पहिरो जान सक्ने
काठमाडौं । सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।
गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।
जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
स्थानीयका अनुुसार हेलम्बु–काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको छ । जसले गर्दा काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिकृया दिनुहोस