समाजवादउन्मुद पठनीय पुस्तक ‘समाजवाद किन र कसरी’ सार्वजनिक
धनकुटा । जिल्लामा पठनीय पुस्तक प्रकाशन हुन छाडेका बेला समाजवाद अध्ययन केन्द्र धनकुटाले ‘समाजवाद किन र कसरी’ नामक पुस्तक प्रकाशन गरेको छ ।
समाजवादउन्मुख समाजका आधारहरु उल्लेख गरिएको सो पुस्तकको मंगलबार बाठमाडौंमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुर्वराजदूत प्रमेश हमाल, सामाजिक विभेद विरुद्वको आन्दोलनको अगुवा गणेश विश्वकर्मा, मुसलमान समुदायबाट प्रतिनिधित्व गर्ने सांसद कलिला खान लगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
सो पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनालसहित डा. बेदुराम भुषाल, घनेन्द्र बस्नेत, हरी रोक्का, डा. युवराज संग्रौला, खगेन्द्र प्रसाइँ, अषेश घिमिरे, अर्जुन राई लगायतका विचारहरु समावेश गरिएको छ ।
सो पुस्तकमा समाजवाद, समाजवादको चरण र समाजवादको आवश्यकतालाई जोड दिइएको छ । सो पुस्तक लोकार्पण कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुस्तकले युवा पुस्तालाई समाजवादलाई पर्याप्त ज्ञान दिन सक्ने बताए ।
समाजवाद अध्ययन केन्द्र नेपाल धनकुटा प्रकाशक रहेको सो पुस्तकलाई धनकुटाका सबै पालिकाका युवाहरुलाई वितरण गरिने समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईले बताए ।
प्रतिकृया दिनुहोस