नेपाल समाजवादी यातायात तथा श्रमिक संघले बुुझायो सरकारलाई ज्ञापन पत्र

Sramik news

काठमाडौं । संवैधानिक राज संस्था, संघीयताको खारेजी, धर्म निपेक्षताको खारेजी, सर्वपक्षीय सरकार गठन लगायतको माग गर्दै आएको नेपाल समाजवादी कांग्रेसको जनवर्गीय संगठन नेपाल समाजवादी यातायात तथा श्रमिक संघले सरकार समक्ष विभिन्न ५ बुँद्धे माग पेश गरेको छ ।

उर्जा मन्त्री पम्फा भुषाललाई भेटी संघले इन्धनको पूर्वाधार करबाट जम्मा भएको रकमबाट बन्ने बुढी गण्डकी आयोजनामा श्रमिक वर्गलाई सहभागिता गराउन माग गरेको छ । साथै संघले आयोजनाको शेयर वितरण गरिँदा श्रमिक वर्गलाई विभेद गरिएको भन्दै त्यसलाई हटाई शेयर संख्या किटान गर्न माग गरेको छ ।

संघले आयोजना निर्माणाधिन अवस्थामा आफ्नो संघको पारिश्रमिक कोटा छुट्याइनुपर्ने, उमेर हदका कारण लाइसेन्स नविकरण नभएको बखत आयोजनाबाट पाउने बोनस छुट्याइनुपर्ने, चालक हस्पिटल पुर्वाधारको लागि मुनाफाबाट केही रकम छुट्यइनुपर्ने, विश्वकर्मा पुजाको दिन ज्येष्ठ चालकलाई सम्मान गरिनुपर्ने र मोडलको आधारमा सवारीसाधन विस्थापित हुँदाको अवस्थामा राइट शेयरको सुनिश्चिता गर्न पनि माग गरेको छ ।

नेपाल समाजवादी यातायात तथा श्रमिक संघका केन्द्रिय संयोजक जिवाखर ढकालको नेतृत्वमा सिंहदरबारमा बुझाइएको सो ज्ञापन पत्र बुझ्दै उर्जा मन्त्री भुषालले श्रमिक वर्गको मागप्रति सधैं ममन् गरेर पुरा गरिने बताइन् ।

सो ज्ञापन पत्र बुझाउने क्रममा नेपाल समाजवादी कांग्रेसका केन्द्रिय अध्यक्ष गोविन्द निरौलाले यातायात परिचालक तथा श्रमिकहरुको जीवनलाई ध्यानमा राखेर उनीहरुको जिविकोपार्जनको कार्यक्रम ल्याउन आग्रह गरे ।

उनले यो व्यवस्थाबाट श्रमिक वर्गको हित हुन नसक्दे देखेर आफुहरुले संवैधानिक राज संस्था, संघीयताको खारेजी, धर्म निपेक्षताको खारेजी, सर्वपक्षीय सरकार गठन लगायतको माग गर्दै आएको बताए ।

सो अवसरमा नेपाल समाजवादी पार्टीका सचिव मानबहादुर गुरुङले श्रमिक वर्गको हित भए मात्र देशको विकास सम्भव हुने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...