तमोर नदीमा बेलहराकी बस्नेत वेपत्ता

Mulghat 27

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ स्थित तमोर नदीमा हाम फालेर एक जना महिला वेपत्ता भएकी छन् ।

मंगलबार बिहान साँढे १० बजेतिर धनकुटा ९ स्थित बेलहराका सन्तबहादुर बस्नेतकी ४५ वर्षीय श्रीमति पुर्णकुमारी बस्नेत तमोर नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

पूर्णकुमारीले नदीमा हामफाल्दा देखेर उनकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले उनको खोजी भइरहेको मुलघाट प्रहरी चौकीले जनाएको छ । नदीमा हाम्फाल्नुको कारण खुलेको छैन । अहिले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस