विश्वकै अग्लो स्थानको होटलमा नेपालले बनायो विश्व रेकर्ड

Aglo hotel

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो ।

यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । ‘वर्ल्ड बुक्स रेकर्डस्’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार बेलुका राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरुका लागि नै खुशी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे ।

उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनर्स्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए । केही दिनभित्र पर्यटन क्षेत्रको व्यवसायलाई पुनर्स्थापित गर्ने एजेन्डाहरु घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले उक्त कार्यक्रममा उद्घोष थियो ।

‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए ।

सन २००४ देखि होटल सञ्चालनमा ल्याएको प्रबन्धनिर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए । उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहे पनि निकै दुखका साथ होटल बनाएको उनले स्मरण गरे ।

‘त्यहाँ सेतोमा हिउँ र कालोमा ढुंगाबाहेक केही पनि देखिँदैन। त्यहाँ केही उब्जाउ पनि हुँदैन । निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ’, शेर्पाले भने, ‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।’

उक्त कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पा, गायक निर्णय श्रेष्ठ, मिलन गुरुङ अजय अधिकारी सुशील,फोटोग्राफर हरि गोपाल प्रधान लगायत थुप्रैको उपस्थिति थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...