जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, गोली प्रहारमा संलग्न एक जना पक्राउ

Sinjo abe 20220708091918

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार हुँदा घाइते भएका छन् । बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियोपुलमोनरी घात भएको छ । टोक्योका पूर्व गभर्नर योइचि मासुचोको ट्वीट अनुसार उनलाई कार्डियोपुलमोनरी घात भएको हो ।

कार्डियोपुलमोनरी घात हुनु प्रारम्भिक रूपमा जापानमा औपचारिकमा मृत्यु भएको घोषणा गर्नु अगाडि भन्ने हुन्न्छ । जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् ।

नारा सहरमा भाषण गर्दागर्दै उनिमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनि सडकमै ढलेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...