जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नुहोस् : पम्फा भुसाल

Pampha bhusal

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय स्रोत साधनको पहिचान गर्दै संरक्षण र संवर्द्धन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका-६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनु पर्नेमा जोड दिएकी हुन् ।

उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने मन्त्री भुसालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...