एमालेको कार्यालय समितिको बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहने छन् ।
त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए । नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।
प्रतिकृया दिनुहोस