सरकारले छलफलको लागि आन्दोलनरत बञ्चरेडाँडाका स्थानीयलाई बोलायो
काठमाडौँ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता हुन लागेको हो ।
वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले जनाएको छ ।
वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
प्रतिकृया दिनुहोस