पछि हट्यो सरकार, असार १ गतेदेखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

Cabinet deuba

काठमाडौं । सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था​ खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो ।

नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो ।

हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । आज मात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।

आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ । आइतबार बिदा दिने प्रयोजनका लागि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...