एमालेले भन्यो, धनकुटामा माओवादीले गरेको यो जस्तो ठूलो राजनीतिक बेइमानी अरु के हुन्छ र ?
माओवादी भन्छ, राजनीतिक बेइमानी गर्ने काम एमालेबाटै भयो
धनकुटा । सोमबार कार्यपालिकाको निर्वाचन सकिनु अघिसम्म धनकुटामा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी तालमेल भएको छ भनेर कसैले भेउसम्म पाएनन् । जब कार्यपालिकाको मत परिणाम सार्वजनिक हुँदा एमालेका उम्मेदवार पराजित बने, त्यसपछि मात्रै अघिल्लो दिन भएको लिखित सहमति पत्र सार्वजनि भयो ।
जिल्लामा रहेका ३ जना केन्द्रिय सदस्यहरु कार्यपालिकाको निर्वाचनपछि सार्वजनिक भएको गोप्य सहमित पत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी, धनमाया विकसहितको उपस्थितीमा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली र माओवादीका जिल्ला संयोजक डिल्लीराम राईले हस्ताक्षर गरेका छन् ।
सो सहमति पत्र सार्वजनिक भएपछि जिल्लामा निक्कै खैलाबैला मच्चियो । एमाले निक्कै आक्रोसित बन्यो । र, मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरेर माओवादीको चर्काे रुपमा आलोचना मात्र गरेन, भविश्यमा पनि विश्वास गर्न नसकिने संकेत दियो ।
केन्द्रमा बाम एकताको चर्चा चलिरहेका बेला धनकुटामा भने सहमति उलंघनको होडबाजीमा लागेका छन् । कार्यपालिका निर्वाचनको विषयमा एमाले र माओवादीले ५ बुँदे सहमति गरी कसले पहिला उल्लंघन गर्ने भन्नेमा लागेको देखिएको छ । उनीहरु भने आफूले सहमति पालना गरेर अर्कोले उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।
अहिले निर्वानमा पराजय भएपछि दुबै पक्षले सोमबार भएको कार्यपालिकाको निर्वाचनमा, आफ्ना उम्मेदवार पराजित भए पछि एकले अर्कालाई हिलो छ्याप्ने काम गर्न थालेका छन् । मंगलबारको पत्रकार सम्मेलनमा नेकपा एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले माओवादीले राजनैतिक बेइमानी गरेको आरोप लगाए ।
कार्यपालिका निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, धनकुटा नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, छथर जोरपाटीमा एमालेले २, माओवादी केन्द्र ४, पाख्रिबास नगरपालिकामा एमालेले ७, माओवादी केन्द्र १, चौबिसे गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १, साँगुरीगढी गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १ र सहिदभूमि गाउँपालिकामा एमालेले ५, माओवादी केन्द्र १ सदस्य लिने गरी सहमति गरेका थिए ।
उनले पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा एमालेको एकल बहुमत भएको ठाउँमा माओवादीलाई मत नदिएको विषयमा केही खुलाउन चाहेनन् । बरु एकोहोरो माओवादीले राजनीतिक बेइमानी गरे पनि जिल्लामा पहिलो पार्टी बनेको बताए ।
त्यसो त नेकपा माओवादी केन्द्रले पनि एमालेले राजनीतिक रुपमा धोका दिएको आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक डिल्लीराम राईले राजनीतिक बेइमानी गर्ने काम एमालेबाटै भएको आरोप लगाए । उनले एमालेलाई जिताउन मात्र सहमति नभएको र एमालेले पहिले नै सहमति उलंघन गरेको आरोप लगाए ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धनकुटाको सात वटै पालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको थियो अधिकांस वडाहरुमा नेपाली कांग्रेस र माओवादीबीच मात्रै गठबनधन बनेको थियो । सोमबार भएको कार्यपालिकाको निर्वाचनमा भने कांग्रेस, माओवादी र जसपाबीच चुनावी तालमेल भएको थियो ।
र यो पनि ...
धनकुटामा माओवादीको कुटिल चाल : बैशाख ३० मा कांग्रेस र जेठ १६ मा एमालेसँग चुनावी तालमेल !
प्रतिकृया दिनुहोस