मूल्यवृद्धि विरुद्ध जनमत र सुशासन पार्टीका कार्यकर्ताहरुद्वारा प्रदर्शन

Pradashan

रौतहट । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् ।

हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कटहरिया ५ को कार्यालय अगाडिबाट सुरुमै बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...