दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

Accc

दैलेख । कालीकोटबाट नेपालगन्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् ।

बुधबार राति दैलेखको आठविस नगरपालिका -२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस मुगुबाट नेपालगञ्ज जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार मृतकको सनाखत हुन बाँकी छ । धाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइते ३४ जनाको आठबीसकै मेडिकलमा उपचार भइरहेको छ । २३ जनालाई थप उपचारको लागि सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ । प्रहरीका अनुसार रातको समयमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो ।

खचाखच यात्रुले भरिएको बस तीव्रगतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली किनारमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...