विजयको अविर नपोछी सर्दु जलाधार क्षेत्रमा पुगे धरानका नवनिर्वाचित मेयर

Harka khanepani

धरान । पूर्वी नेपालको सुन्दर शहर हो धरान । जसलाई लाहुरेको शहर पनि भनिन्छ । तर, लामो समयदेखि खानेपानीको अभाव रहँदै आएको छ । खानेपानीको अभाव टार्न लामो समयदेखि आवाज उठाउँदै आएका थिए हर्क साम्पाङले ।

स्थानीय तहको निर्वाचन पूर्व उनै साम्पाङले खानेपानीको समस्या समाधान गर्ने एजेण्डा बनाए । उनको सोही एजण्डालाई समर्थन गर्दै धराने मतादाताहरुले मत दिएर धरान उपमहानगरपालिकाको मेयरमा जिताए । उनै साम्पाङ लामो समयदेखि खानेपानीको मुद्दालाई उठाउँदै आएका पदभार ग्रहण गरेलगत्तै फिल्डमा खटिएका छन् ।

उनी धरानमा देखिएको खानेपानी संकट समाधानका लागि जुटेका हुन् । उनले बुधबार सर्दु जलाधार क्षेत्रको मुहानमा पुगेर अवलोकन गर्नुका साथै कमजोरी सच्याउन र फोहोर नगर्न निर्देशन दिएका छन् ।

‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहर गर्न नदिने निर्देशन दिइयो’, उनले फेसबुक पेजमा तस्विर सहित पोष्ट गरेका छन् । दलका उम्मेदवारलाई पाखा लगाउँदा अप्रत्यासित जित निकालेका मेयर साम्पाङ आफ्नो पुरानो निजी मोटरसाइकल चढेर हिँडिरहेका छन् ।

उपमहानगरपालिका कार्यालयले आरामदायी गाडीको व्यवस्था गरे पनि उनी आफू जनताका समस्या थाहा पाउन मोटरसाइकलमै यात्रा गरेर नगरवासीको सेवा गर्ने बताउँदै आएका छन् ।

उनले निर्वाचनका बला धरानका चोक चोकमा साइकल र टेम्पोमा बसेर मत मागेका थिए । उनको सरल जीवन र चुनाव प्रचार प्रसारमा कम खर्च गर्ने अवस्था देखेर पनि पत्याएका थिए । उनले अब पनि आफ्नो थोत्रो मोटर साइकल चढेर हिड्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...