सरकारको नीति तथा कार्यक्रम : पूर्वाधार निर्माण, विपन्नलाई राज्य सुविधा परिचय पत्र दिइने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले यो वर्ष सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
संसदमा जारी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको छ ।
भण्डारीका अनुसार चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ ।
सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ । भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् ।
साथै, उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने जानकारी दिइन् ।
क्षतिग्रस्त मेलम्ची पुनः सञ्चालनमा आएको, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ । स्वास्थ्य पूर्वाधारमा वृद्धि भएको छ । सरकारले ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसकेको विवरण प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ । राष्ट्रपति भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको बताइन् ।
यो अवधिसम्म ३२५ किलोमिटर सडक कालोपत्रे भएको र १०० वटा पुल निर्माण भएको बताइन् । भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा चीनका विदेशमन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताइन् ।
प्रतिकृया दिनुहोस