हालसम्म २३५९१ जनालाई जग्गा धनीपूर्जा दिइएको छ : राष्ट्रपति भण्डारी

Bidya bhandari in sansad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २३ हजारलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराइएको बताएकी छन् ।

संसदमा जारी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपालमा यो वर्ष २३ हजार ५९१ जना सुकुम्वासी र अव्यवस्थित नागरिकलाई व्यवस्थित बसोबासका लागि जग्गा धनी पूर्जा उलपब्ध गराइएको बताएन् ।

भण्डारीले आगामी वर्ष रोजगारी सिर्जना र दीगो विकासका लागि सरकारले कार्यक्रम ल्याउने बताइन् । उनले कृषी, उर्जा, पर्यटन र सुचनालाई आर्थिक उपार्जनसँग जोडिने बताइन् । संघीयता कार्यन्वयनका हालसम्मका आधारलाई हेरेर पुनरावोलकन गर्ने पनि बताइन् ।

उनले स्थानीय तहको निर्वाचन निर्विघ्नतापूर्वक सम्पन्न गरेकोमा सरकार सन्तुष्ट रहेको बताइन् । उनले निर्वाचन सम्पन्न गर्न सघाउने सम्बद्ध निकायहरु, जनता सबैप्रति सरकारले आभार व्यक्त गरेको बताइन् ।

कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालेका कदमको असरले यसको प्रभाव कम हुँदै गएको, सबैको सामूहिक प्रयासबाट यसबाट अघि बढ्ने विश्वास राखेको उनले बताइन् ।

‘कोभिड रोकथाममा सघाउने सबै सरकारी निकाय र नागरिकलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘ज्यान समेत गुमाउनुपरेकामा उहाँहरुका आफन्त र परिवारप्रति समवेदना प्रकट गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...