७२७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, त्रियुगा र बुढीगंगामा मतगणना अझै हुनै सकेन

Matgadanaaa

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २४ स्थानीय तहको नतिजा आउन बाँकी छ । तीमध्ये नेकपा एमाले ८, नेपाली कांग्रेस ४, माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी २ र अन्य उम्मेदवार ८ स्थानमा अगाडि छन् ।

जसमध्ये नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले ३ सय २०, नेकपा एमालेले १ सय ९८ र नेकपा माओवादी केन्द्रले १ सय २० स्थानीय तहको प्रमुख पद जितेका छन् ।

जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४/४ स्थानीय तह जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरु भएको छैन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीगंगा नगरपालिका ८ को मतदान स्थगित गरिएको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएको थियो ।

त्यसपछि कांग्रेस र एमालेले अहिलेकै अवस्थामा मतगणना गर्नुपर्ने र एकीकृत समाजवादी लगायतका दलले पुनः मतदानको माग गरेकाले मतगणना सुरु हुन नसकेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...