धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

Harka sangpang final.jpg

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । नेकपा एमालेकी मन्जु सुवेदीले १२ हजार ८२५ मत पाएकी छन् ।

त्यस्तै धरानको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्वुले १७ हजार ६०६ मत पाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...