अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिनदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री , परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग भेट्ने

Uzra zeya 01 jltqyab0iw

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिनदिने भ्रमणमा नेपाल आएकी छन्। परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले उपविदेशमन्त्री जियालाई शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।  उनले भोलि शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

आइतबार उनले प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ। उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्।

जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्। जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...