मतगणनामा नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुई जना पक्राउ

Arrest

पोखरा । मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू राजनीतिक दलको नभई अनधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डीएसपीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।

पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेदवारले अग्रता लिइरहेका छन् । नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...