धनकुटाका ३ पालिकाको मत गणना सकियो, २ पालिकाका गठबन्धन र १ पालिकामा एमालेको जित
धनकुटा । यही बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । धनकुटाको सात वटा स्थानीय तहमध्ये ३ वटा पालिकाको मत गणना सकिएको छ । जसमा २ वटामा गठबन्धन र १ गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।
धनकुटाको छथर जोरपाटी र गाउँपालिकामा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । साँगुरीगढीमा अध्यक्षमा गठबन्धनले जित हात पारे पनि उपाध्यक्षमा भने एमालेले जित हात परेको छ ।
साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत पाए ।
साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राई निर्वाचित भएकी छन् । राईले ४६५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का लिलाराज लावतीको पक्षमा ४१३६ मत परेको छ ।
यसैगरी चौबिसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजकुमार लिम्बु ५ हजार ३८ मतसहित निर्वाचित भएका छन् । चौबिसेमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेले नै जितेको थियो ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर मगरले ३ हजार ९९१ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ततबहादुर लिम्बुले १४३ मत पाए ।
यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकै टंकमाया पाङमी ४ हजार ९८३ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जसपाका मंगल कुमार लिम्बुले ३ हजार ९८८ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बुले १०७ मत पाइन् ।
त्यसैगरी छथरजोरपाटी गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छत्र सुब्बा र नेकपा माओवादी केन्द्रका गिता खेवा लिम्बु विजयी भएका छन् । सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे । यसअघि उनी गाउँपालिकाका अध्यक्ष थिइ । उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन् । उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गीता गुरुङ बिजयी भएकी छन् । उनले ४३८७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी गोमा कार्कीले ३६९१ मत ल्याएकी छन् । एमालेकी कार्कीलाई ६९६ मतान्तरले पराजित गर्दै माओवादीकी गुरुङ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
प्रतिकृया दिनुहोस