चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा छुटे

Lauro chinha

पोखरा । निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर, आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो । अटेरीबाट उम्मेदवारी भने गनेश पौडेल रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...