औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी, बन्यो नेकपा (बहुमत) पार्टी

Biplab hemnta dharmendra

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।

चितवनको पर्सामा तीन दिनसम्म चलेको विद्रोही समूहको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी समेत गठन गरेको हो । महाधिवेशन फागुन १ गते काठमाडौंमा हुने छ ।

चुनावमा जाने विषयमा दुई पक्षबीच चलेको अन्तरसंघर्ष उग्र बन्दै विभाजनसम्म पुगेको हो । विप्लव चुनावमा जाने पक्षमा थिए भने बास्तोलासहित हेमन्तप्रकाश ओलीलगायत चुनावको विपक्षमा थिए ।

बहुमत केन्द्रीय सदस्य चुनावको विपक्षमा हुँदा कपिलवस्तुमा भएको नेकपाको केन्द्रीय समिति बैठकले चुनावमा जानेबारे ढुलमुले नीति लिएको थियो । अर्थात एमसीसीको विपक्षमा रहेकालाई सघाउने तथा स्वतन्त्ररुपमा उम्मेदवारी दिने नीति पारित भएको थियो । पछि पार्टीका प्रकाण्ड समूहले पार्टी नै दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चुलिएको थियो ।

राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ । नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...