चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि मेयर विष्टले दिए राजीनामा
हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपाली समक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए ।
निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा दिएको उनले बताए । उनी गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’ को चुनावी अभियानमा लाग्नेछन् ।
प्रतिकृया दिनुहोस