आईजीपी नियुक्ति प्रकरणमा आज पनि सुनुवाइ : कसको पक्षमा आउला आदेश ?

Dhiraj

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ बिहीबार पनि जारी रहने भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
अदालतमा बहस गर्दै अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य र टीकाराम भट्टराईले कुनै पनि हालतमा आईजीपी नियुक्तिको विषयमा अन्तरिम आदेश जारी हुन नसक्ने जिकिर गरेका थिए । उनीहरुले विश्वराज पोखरेल हाल बिदामा रहेको व्यक्ति भएको भन्दै यो अवस्थामा त झन् आदेश जारी हुनै नहुने जिकिर गरेका थिए ।
‘अन्तरिम आदेश जारी गर्न मिल्दैन । विपक्षी अफ ड्युटी भएको भन्ने छ । यस्तो अवस्थामा अन्तरिम आदेश माग गर्न कसरी मिल्छ?’ वरिष्ठ अधिवक्ता भट्टराईले बहसमा भने । यस्तै वरिष्ठ अधिवक्ता पन्त र आचार्यले पनि नियमसंगत ढंगले आईजीपी नियुक्त भएकाले रिट खारेज हुनुपर्ने दलिल पेश गरे ।
उता पोखरेल पक्षमा वकिलहरु मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले भने पोखरेल सिनियर एआईजी भएकाले अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए ।

पोखरेल धीरज प्रताप सिंह भन्दा १६ महिना अघिका सिनियर एआईजी भएकाले स्वाभाविक रुपमा उनै आईजीपी हुनुपर्ने उनीहरुको जिकिर थियो । उनीहरुले सिंह विवादित पात्र भएको तथा मानवअधिकार उलंघनको घटनामा मुछिएको भन्दै आईजीपी नियुक्त हुन अयोग्य व्यक्ति भएको समेत जिकिर गरेका छन् । बहस सकिएपछि सम्भवतः आजै आदेश आउनेछ ।: कसको पक्षमा आउला आदेश ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...