त्रिभुवन विमानस्थलमा बम भएको हल्ला,विमानस्थल खाली गराइयो

Airport

काठमाडौँ । त्रिभुवन विमानस्थलमा बम राखिएको हल्लापछि विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ।

 विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए । बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...