वामदेव गौतमको राजनीतिक बाटो ‘क्लीयर’, गीतमार्फत समाजवादीको बयान (भिडियोसहित)

Bam dev gautam

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी रहँदासम्म नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै खुलेका थिएनन् वामदेव नेकपा । तर, मंगलबार सार्वजनिक भएको नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत सार्वजनिक भयो, जुन गीत उनै गौतमले लेखेका हुन् ।

एमालेको नवौं महाधिवेशनमा कसलाई अध्यक्ष बनाउने भन्ने भूमिकामा वामदेव गौतम करिब ‘किङमेकर’ जस्तै थिए । उनले जसको पक्ष लियो, त्यो महाधिवेशनमा नेतृत्वमा आउन सक्थ्यो । त्यसैले गौतमको महत्व धेरै थियो । गौतमले केपी शर्मा ओलीको पक्ष लिए, ओलीले जिते । गौतम केही समय उनलाई बोकेर हिँडे ।

नेकपा विभाजनपछि एमालेमा उपाध्यक्ष रहेका गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरे आफु त्यतैतिर लाग्ने बताएका गौतमले नेकपा (एकीकृत समाजवादी) घोषणा हुँदा गौतम उमालेमै बसे । राष्ट्रिय सभाका सांसद गौतमले त्यो बेला एमालेसँग पनि रुष्ट थिए ।

कुनै बेला पार्टी र राजकीय सत्ताका खेलहरूमा मुख्य भूमिकामा देखिने गौतम अहिले गुमनाम झै छन् । गौतम अध्यक्ष ओलीको कार्यशैलीमाथि गम्भीर असहमति जनाउँदै एमाले छाडेका गौतम दलविहीन छन् । एमालेमा गौतम उपाध्यक्ष थिए ।

एमालेबाट राजीनामा दिएपछि गौतम माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने अनुमान पनि गरिएको थियो । तर गौतमले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गनिर्देशक सिद्धान्त नमानेको भन्दै त्यसमा सहभागी हुन हिच्किएका थिए ।

तर, गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् ।

गीतमा एकीकृत समाजवादी व्यक्तिवादी नभई विचारवादी, नेताभन्दा नीति प्रधान रहेको उल्लेख छ । उद्योग, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकासका लागि कलममा मतदान गर्न आह्वान गरिएका शब्द गौतमले लेखेका छन् ।

‘हाम्रो पार्टी, समाजवादी देशैभरी छायो, चुनाव चिह्न कलम बोकी घरआँगनमा छायो’ शब्द रहेका गीतमा संविधानको उल्लंघनले राज्य नचल्ने र प्रतिगामी हर्कतले देश नबन्नेलगायतका कुरा गीतमा राखेर आफ्नो कित्ता गौतमले कतातिर भन्ने देखाएका छन् ।

एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ । गीतमा ‘कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने’ लगायतका शब्द रहेका छन् । गीतको बोल ‘जनता जगाउने, कलममा छाप लगाउने’ रहेको छ । गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ । संगीत केसीको रहेको छ ।

एकीकृत समाजवादीले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि गौतम देखिएका छन् । गीत रेकर्डिङको क्रममा स्टुडियोमा गौतम रहेको भिडियोमा देख्न पाइन्छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त गीत सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपील गरिएको गीत’ भनेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...