काठमाडौंमा विहानैदेखि वर्षा हुँदै, आज यी प्रदेशहरुमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि आज बिहानदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।
मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । ‘यस्तो अवस्था केही घण्टासम्म मात्र रहने देखिन्छ । त्यसपछि आकाश खुल्ने र अपराह्नपख पुनः बदली हुने सम्भावना छ,’ मौसमविद प्रधानाङ्गले भने ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार यस्तो छ तीन दिन वर्षाको सम्भावना–
वैशाख १९ गते सोमबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि बदलि रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति : प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख २० गते मंगलबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
वैशाख २१ गते बुधबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ , बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिकृया दिनुहोस