भारतबाट बढेर आयो पेट्रोलको मूल्य, १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुने

Nepal oil nigam

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाब परेको छ ।

आज ९आइतबार० मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको हो । यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयत निगमले जनाएको छ ।

यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयले निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ । भारतीय आयत कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा १ अर्ब १९ करोड हुने निगमको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...