निर्वाचन आयोगले सार्वजनिक गर्‍याे नमुना मतपत्र, कुन जिल्लाको कस्तो ? (नमुनासहित)

Nirwachan aayog bilding

काठमाडौं । आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।

धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ । 

स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्रमा कालो रङको निर्वाचन चिह्न हुने भएको छ । सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन चिह्न हुनेछन् । त्यसपछि जिल्लामा सक्रिय अन्य दलको चिह्न राखिएको छ । त्यसपछि मात्रै स्वतन्त्र उम्मेदवारलाई दिइने चिह्नको लहर राखिएको छ ।

स्थानीय निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दर्ता भएका दलको संख्याका आधारमा मतपत्रको आकार ठूलो वा सानो हुनेछ । सबैभन्दा कम उम्मेदवार भएको मनाङ र मुस्ताङमा १७ लहरको मतपत्र छपाइ गरेर जिल्लामा पठाइसकिएको छ । ती जिल्लाको मतपत्रमा सुरुमा ६ वटा राष्ट्रिय पार्टीको, त्यसपछि ५ वटा अन्य दलको निर्वाचन चिह्न छ ।

धेरै दल दर्ता रहेका स्थानमा मतपत्रको आकार ठूलो भएकाले मतदाता झुक्किन सक्ने सम्भावना पनि छ । धेरै निर्वाचन चिह्न भएको मतपत्रबाट ७ जनालाई मत दिनुपर्ने हुन्छ । एक जना मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी ७ पदमा मतदान गर्न पाउने छन् । सातवटै पदका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको छ । मतदाताले एउटै मतपत्रमा ७ पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ ।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन। यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । ६ ओटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने आयोगले यसअघि नै जानकारी दिएको छ ।

कुन जिल्लाको मतपत्र कस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...