भूकम्पले हल्लाएको ठूलो ढुंगा सेनाले फुटाउँदा जोगियो नेगी गाउँको बस्ती (फोटो फिचर)

Nepal army stone blast nuwakot

नुवाकोट । नेपाली सेनाले २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।

दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको करिब २० हजार घनमिटरको ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले बस्तीमाथि जोखिम भएकाले सेनाको सहयोगमा ब्लास्टिङ गरिएको बताए। ‘ढुंगाको जोखिम त टर्‍यो । तर ब्लाष्टिङले जमिन हल्लिएकाले पूर्णरुपमा जोखिम टरिसकेको छैन । अब वर्षा भएपछि अर्को वर्षबाट पूर्णरुपमा सुरक्षित हुन्छ,’ उनले भने । यसपालि भने पहिरोको जोखिम छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको बताए । उनकाअनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो ।

नेगी बस्तीमा ४७ धुरी र एक आधारभूत विद्यालय रहेको छ । उक्त बस्तीभन्दा ५ सय मिटरमाथि ‘पल्सङ’ नाम गरेको विशाल ढुंगा बस्तीमा खस्ने अवस्थामा थियो ।

ढुंगा खसेपछि विद्यालय र स्थानीय बासिन्दालाई क्षति पुऱ्याउने भएपछि गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिलाई स्थानीयवासी र गाउँपालिकाले हटाइदिन अनुरोध गरेका थिए । उक्त ढुंगा ०७२ साल वैशाख १२ र २९ गते आएको महाभूकम्पले डगमगाएको थियो । घरमाथि ढुंगा खसेर झर्ने त्रास हटेको स्थानीय लालबहादुर तामाङले बताए ।

यसअघि वर्षाको समयमा ढुंगो खस्ने डरले गाउँपालिकाले स्थानीयलाई सुरक्षित् स्थानमा राखेको थियो । पल्सङ ढुंगा फुटाउनका संघीय सरकार, प्रदेश सरकार र दुप्चेश्वर गाउँपालिकाले खर्च बेहोरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...