सरकारको सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना

Health

काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना बनाएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको बहुक्षेत्रीय कार्ययोजनामा यस्तो योजना बनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थमा लगाइएको कर दक्षिणपूर्वी एसिया क्षेत्रकै सबैभन्दा कम छ । सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि ल्याएको बहुक्षेत्रीय कार्ययोजनामा यसलाई परिमार्जन गर्न पनि चासो देखाएको छ ।

 नेपालले अब बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मार्फत विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अभिसन्धिको कार्यान्वयनलाई गति दिने र कर सुधारका कार्यहरु सुरु गर्ने भएको छ । औद्योगिक कार्यक्रम र व्यवसायिक निर्धारकहरुले स्वास्थ्य सुधारमा अवरोध गरिरहेको सरकारको ठहर छ । यस्तै, ५ वर्षको अवधिमा अवैध व्यापार प्रोटोकलको अनुमोदन र कार्यान्वयन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...