राप्रपा नेपाल, परिवार दल र जनमोर्चाको विद्रोही समूहसँग तालमेल गर्न एमालेको सर्कुलर

Cpn uml party ofice

काठमाडौं । नेकपा एमालेले सहमति गरेका तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई सर्कुलर जारी गरेको छ । उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले मंगलबार तल्ला निकायलाई पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग चुनावी तालमेल गर्न सर्कुलर जारी गरेका हुन् ।

एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न निर्देशन दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...